काठमाडौं – अब काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति चाहिने भएको छ ।
विहवार राष्ट्रिय सभा गृहका महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति अनिवार्य गर्ने उल्लेख छ ।
नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरुको ब्यबस्थापन ‘बहुउद्देश्यीय परियोजना’मार्फत् गरिने पनि उल्लेख छ।
नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्ता पशुहरूको व्यवस्थापन ‘बहुउद्देश्यीय परियोजना’मार्फत गरिने पनि उल्लेख छ ।
घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न ‘बृहत् भेक्सिनेसन’ कार्यक्रम ल्याइने शाक्यले बताएका छन् । घरपालुवा जनावरहरूको स्वास्थ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने भएको छ ।
कुकुर कसरी पाल्ने
जतिसुकै राम्रा र महँगा कुकुर किने पनि पाल्ने व्यक्तिले कुकुरलाई समय नदिने, दिनभर बाँधेर राख्ने वा खोरमा थुनेर राख्ने र रात परेपछि छोडिदिने, समय-समयमा आवश्यक मात्रामा खानेकुरा नदिने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान नदिने जस्तो पुरानो नेपाली चलनमा भने अझै पनि खास परिवर्तन आएको देखिँदैन।
जसले गर्दा कुकुर बिरामी पर्ने, घिनलाग्दो देखिने, मानिसले चाहेजस्तो नहुने अर्थात् आज्ञाकारी नहुने जस्ता समस्या उत्पन्न हुन्छन्। यस्ता समस्याले गर्दा कुकुरलाई अन्यत्र लगेर छोडिन्छ, यो नै बजारमा भुस्याहा कुकुरको संख्यामा वृद्धि हुनुको प्रमुख कारण हो । तसर्थ कुकुर पालिसकेपछि त्यसलाई उचित स्याहार-सुसार गर्नु आवश्यक छ।
मानिसले कुकुर पालिसकेपछि उसलाई पनि आफ्नै आदेशअनुसार चलाउन खोज्नु स्वाभाविक हो तर कुकुरलाई आज्ञाकारी बनाउने क्रममा कतिपय मानिसले अनावश्यक रूपमा कुटपिट गर्ने, खाना नदिने आदि गरिरहेका हुन्छन् । यसो गर्दा कुकुरमा नकरात्मक असर पर्छ र ऊ अझ अटेरी हुन्छ। त्यसैले यो कुरामा निकै बुद्धि पुर्याएर काम गर्नु उचित हुन्छ। समयमै वशमा लिन सकिएन भने कुकुर अटेरी बन्दै जान्छ। धेरै बेरसम्म खोरमा राख्ने, बाँध्ने आदि काम गर्दा पनि कुकुरको बानी बिग्रन्छ ।
कुकुर पाल्न चाहनेहरूले कुकुर किनिदिएर मात्र हुँदैन, त्यसको उचित हेरचाह, स्याहार-सुसार एवं संरक्षण पनि गर्न जान्नुपर्छ । कुकुरप्रेमीहरूले प्रत्येक दिन केही समय कुकुरसँग खेलेर हेलमेल बढाउने, तालिम दिने, निश्चित समयमा निश्चित खाना ख्वाउने र खेल्ने, उफ्रन दिने आदि काम गर्नुपर्छ। विभिन्न प्रकारका सरुवा रोग डिस्टेम्पर, प्यारा इन्रा इन्फ्लुएन्जी लेप्टो स्पाइरोसिस आदिबाट बचाउन बेला-बेलामा सुई दिनुका साथै हरेक तीन-तीन महिनामा जुकाको औषधि ख्वाउनुपर्छ । कुकुरलाई रोग लागिसकेपछि औषधोपचार गर्न निकै झन्झटिलो र महँगो हुन्छ । त्यसैले कुकुर बिरामी भएपछि उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु उत्तम हो।