डियर कामरेड !
अभिवादन
ओली सरकार भ्रष्टचारमा यति डुब्यो की त्यो गहिराई मापन गर्ने यन्त्र नै छैन, किनकी ओली सरकारको भ्रष्टाचारको गहिराई मापन यन्त्रको क्षमता भन्दा धेरै गहिरो छ, त्यसैले साधरण यन्त्रले मापन गर्न सक्दैन ।
बालुवाटार जग्गा प्रकरण, प्रिन्टिङ प्रेस सामान खरिद प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रकरण भाग -१ र भाग-२, ओलीजीका वरिपरी भ्रष्ट र स्वार्थीहरुको झुन्डमात्रै छन र यस्तालाई चिन्ह नसक्नु उनको ठुलो भुल र असक्षमता हो ।
त्यसैले अर्का अध्यक्ष कामरेड प्रचन्डले ओली नेतृत्वको सरकार हटाएर, अहिलेका मन्त्रीमण्लका सबै भ्रष्ट नेताहरुलाई मुद्दा चलाएर थुनामा राखी, नेपाल कम्युनिस्ट पार्टिको युवा समुहको सरकार गठन गर्नु पर्ने देशको आवस्यकता देखिएको छ।
यसमा अध्यक्षको हैसियतले प्रचण्ड यसरी सरकारका भ्रष्टाचारी मन्त्रीहरुले जे गर्दा पनि मुखमा फेविकोल राखेको जसरी चुप बस्न पाईदैन, के ती मन्त्री ओलीको मात्रै हो ? कम्युनिस्ट पार्टीको होईन? के तपाई अध्यक्ष होईन? कार्वाही गर्नु पर्दैन?
यसरी नबोल्नु भनेको भ्रष्टाचारीलाई मौन समर्थन दिनु पनि हो। देशको लागी बोल्ने गर्नुस कामरेड जनताले हिजोको तपाईको अबगुणहरु सबै बिर्सिएर तपाईलाई पुन साथ दिनेमा म ढुक्क छु ।
एउटा राम्रो कामले सय खराब काम बिर्साई दिन्छ, उदारहण का लागी राजेन्द्र महतो र उपेन्द्र यादव लाई हेर्नुस । हिजो हामीलाई नाकाबन्दी लाउने यिनीहरु हैनन् र?
मधेश टुक्र्याउछु भन्ने यिनीहरु हैनन् र ?
नेपाली जनताले यिनीहरुलाई भारतीय देख्थे, भारतको दलाल देख्थे तर आज रातारात सासंदमा दिएको १० मिनेटको भाषणले सबै नेपालीको मन जितेका छन । आज राष्ट्रिय हिरो भएका छन, नेपाली जनताले जनता समाजवादी पार्टमा राम्रो संभावना देख्न थालेका छन।
राजेन्द्र महत्तोले संसदमा बोलेको १० मिनेटको भिडियो यस्तो छ ।
तपाई जनयु-द्द हाकेर देशको भविष्य बनाउँछु भनेर आएको मान्छे तर तपाई पनि भ्रष्टाचार, आफन्तबाद र चाकरीबाजको दलदल र जालोमा फस्नुभएको छ ।
कामरेड अहिले नउठाएको आवाज कहिले उठाउनु हुन्छ?
अहिले नगरेको परिबर्तन कहिले गर्नु हुन्छ?
तपाई देश र जनताको लागी मनबाटै केही गर्ने सोच्नुस, तपाईको सयौं गल्ती माफ गरेर तपाईलाई साथ दिन जनता तयार छन ।
तपाई आफ्ना केही सय कार्यकर्ता खुशी पार्नु भन्दा ३ करोड जनता खुशी पार्नु भयो भने तपाईको राजनीतिक भविष्य उज्वल हुनेछ, नत्र यसरीनै चुप बस्नुभयो भने अब आउने चुनाबमा कुन पार्टीसंग एकता गर्ने हो र कुन देशमा बसाई सर्ने हो अहिले देखिनै सोच्दै गर्नुहोला, किनकी जनताले आउँदो चुनाबमा धुलो र हारको नमिठो स्वाद भएको अचार चटाउने छन ।
नोट : यो लेखको नीजि विचार हो । सरकारले चिनबाट मगाएको स्वास्थ्य सामाग्री खरिद प्रकियामा ठूलो भ्रष्टाचार भएको भनेर उजागार गर्ने पहिलो व्यक्ति हुन् । त्यसबेला उनले स्वास्थ्यमन्त्रीले एक खुला पत्र पनि लेखेका थिए ।