राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारण २ देखि ३ जना मात्र नेपालीले ज्यान गुमाएको दावी गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बेलुका सवा ४ बजेसम्म दिएको जानकारी अनुसार नेपालमा कोरनाको कारण २० जनाको निधन भएको बताएको छ भने अन्य ३ जनाको निधन भैसकेको छ ।
राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको स्विकार गरे तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।
उनले अघि भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’
त्यस्तै उनले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २/३ जना मात्रै रहेको बताएका छन् ।
‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने ।
नेपालमा कोरोनाबाट कुनै पनि व्यक्तिको निधन नहुँदासम्म हाम्रो देशमा त एकजनाले पनि ज्यान गुमाउनु परेको छैन भन्दै खुशी हुने प्रधानमन्त्री तथा उनका मन्त्रीहरुले अहिले आएर कोरोनाको कारणले निधन नभएको बताएका छन् ।
केही समयअगाडी प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रम ओलीले भनेका थिए । कोरोनाले ज्यान लिएको हैन तर कोरोना देखियो विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार कोरोना देखिएपछि जे कारणले मरे पनि कोरोनाको कारणले नै मरेको ठान्नुपर्छ । त्यसैले गनिएको हो ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति प्रति सदनमै सासंदहरुले कोरोनाको कारणले नमरेको भए, ती डाक्टरलाई छानविन गरेर कारवाही गर्न पनि माग गरेका थिए ।