
बर्दिया । आरडीटी जाँच गरी घर फर्काइएका बर्दियाका २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर फर्काइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बढैयाताल गाउँपालिका–१ र २ का रहेका छन् ।
स्वास्थ्य कार्यालय बर्दियाले क्वारेन्टाइनमा रहेका उनीहरुको पीसीआर जाँच नगरेपछि आरडीटी गरी घर पठाइएको थियो । संक्रमण पुष्टि भएका व्यक्तिहरु परिवारसँगै बस्दै आएका थिए ।
‘कोरोना संक्रमणमा परेका स्वास्थ्य चौकीका प्रमुखले भने पीसीआर नगरी घर पठाउन हुन्न भन्ने मेरो अडान थियो । तर कहीबाटै सुनवाइ भएन । जोरजुलम गरेर मसहित ३९ जनाको पीसीआर जाँच गर्दा यस्तो भयो,’ ‘स्वास्थ्य कार्यालयको लापरबाहीले समुदायमा कोरोना फैलने सम्भावना भयो ।
योसँगै कोरोना संक्रिमितको संख्या बढैयाताल गाउँपालिकामा ४२ पुगेको छ ।