
सरकारी कार्यालय खुलेको भोलिपल्ट मालपोतका कर्मचारीहरु खूससहित पक्राउ परेका छन् ।
सरकारले असार १ गतेदेखि मुलुकभरी रहेका सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो तर मालपोत कार्यालयहरु भने जेठ २५ गते आइतबारदेखि नै सञ्चालनमा रहेता पनि लकडाउनले गर्दा सेवागाह्रीहरु भने आएका थिएनन् ।
त्यसको भोलीपल्ट (असार २ गते) काठमाडौं डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई घुससहित पक्राउ गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साढे ८ लाख रूपैयाँ घूस रकमसहित काठमाडौंस्थित डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारी रघुवंस कँडेलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
सेवाग्राहीको जग्गा कित्ताकाट गरिदिएबापत उनीहरूले घूस रकम लिएको आयोगले जनाएको छ। उनीहरूलाई आयोगको टोलीले सामाखुसी स्टार पार्टी प्यालेस नजिकबाट रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जग्गा को कित्ता काट गर्ने आदेश गराइ दिए वापत पक्राउ पर्ने कर्मचारीहरूमा मालपोत अधिकृत रघुवंश कंडेल, खरिदार दीपक खनाल, नायब सुब्बा उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई आठ लाख पचास हजार रकमसहित पक्राउ गरेको हो।