
दाङमा एक जना नेपाली सेनाको जवानमा कोरोना संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार घोराहीमा रहेको रिपुमर्दन गणमा कार्यरत ३२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
अहिले उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।
कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।
रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही–१८ नवलपुर निवासी ५९ बर्षीय पुरुषको उनी सहभागी नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो ।
सोही क्रममा उनमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।