
डीएसपी कुमुद ढुंगेललाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
लुट-पाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग टेलिफोन सम्पर्क देखिएपछि उनी निलम्बनमा परेका थिए।
अदालतको आदेशसँगै उनी नियमित काममा फर्किन पाउने भएका छन् ।
२०७५ चैत २६ गते लालेन्द्र शेरचनको काठमाडौंस्थित घरमा लुट-पाट भएको थियो। मंगलबार अदालतमा डीएसपी ढुंगेल उपस्थित भएपछि जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
चो-रीको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले प-क्राउ गरेका विकास श्रेष्ठसँग फोन सम्पर्क भएको देखिएपछि ढुंगेललाई निलम्बन गरिएको थियो।