
कोरोनाको महामारी सँगै बलिउडले महत्वपुर्ण कलाकारहरु पनि गुमाइरहेको छ ।
आइतबार मात्र सुशान्त सिंह राजपुतलाई गुमाएको बलिउडले सोमबार फिल्म निर्माता भास्करण नेइरलाई गुमायो ।
८३ वर्षका नेइरले केरेलामा रहेको आफ्नै घरमा अन्तिम श्वास फेरेका हुन् ।
उनी केहि समय देखि सुगर, प्रेसरलगायतका बिरामका कारण थलिएका थिए ।
निर्माताको साथमा उनी स्कृप्ट राइटर पनि हुन् ।
उनले “स्वायमभरम” तथा “कोडिएत्तम”को लागि स्कृप्ट लेखेका थिए ।
उनका यी दुइ फिल्मले नै नेशनल र स्टेट्र अवार्डहरु पाएका थिए ।
उनी २ वर्ष अगाडी देखि फिल्मी दुनियाँबाट टाढा थिए ।
सन् १९८० को दशकमा सक्रिय रहेका उनी केरेलाको स्टेट उद्योगमा प्रख्यात नाम हो ।
उनले चित्रलेखा फिल्म सोसाईटीको नामाकरण गरेका थिए ।
मलया फिल्म उद्योगमा क्रान्ती ल्याउने कामको श्रेय उनैलाई जान्छ ।
उनका फिल्महरुले अन्तराष्ट्रिय स्तरमा पनि ख्याती कमाएको बताइएको छ ।
भारतमा धेरै स्टेट भएकोले फिल्म उद्योग पनि धेरै छन् ।
तमिल, तलेगु भोजपुरी हुदै मलयापनि भारतको फिल्म उद्योग हुन् ।