
काठमाडौंकी थप एक महिलामा आज (मंगलबार) कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ।
सोमबार मात्र काठमाडौंमा २ जना पुरुष र २ जना महिला र ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।
आज (मंगलबार) एकै दिन ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको हो ।
नयाँ संक्रमितमध्ये ६ हजार ९२ पुरुष र महिला ४९९ महिला छन् ।
शुन्य संक्रमित रहेको काठमाडौंमा कोरोना संक्रमण हुनेको संख्या ४३ पुग्यो, को कहाँ छन् ?
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
सोमबार ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ जनामा कोरोना देखिएका थिए ।
उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् ।
काठमाडौंमा ३४ जना संक्रमित हुँदा २४ जना निको भइसकेका छन् ।
भक्तपुरमा ५ जना संक्रमित हुँदा तीमध्ये एकजना निको भएका छन् ।
ललितपुरमा ४ जनामा कोरोना संक्रमित भेटिदा एकजना निको तथा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि कोरोना बिरामीमुक्त भएको काठमाडौंमा फेरि संक्रमित बढ्न थालेका हुन् ।
काठमाडौं कोरोना बिरामीमुक्त भएपछि यहाँ लकडाउन खुकुलो बनाइएको थियो । बाहिरका जिल्लाबाट सहजै उपत्यका प्रवेश दिइएको थियो ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि उपत्यकामा लुकिछिपी मानिसहरू उपत्यका भित्रिए ।
कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गरिएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै फेरि संक्रमित थपिने हुन् कि भन्ने चिन्ता थपिएको छ ।