
काठमाडौं । सूर्य र पृथ्वीको दूरी मिलेकै कारणले पृथ्वीमा जीवन सम्भव भएको हो ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा सधैंभरि सूर्यको एक भागको मात्रै परिक्रमा गर्ने गर्दछ ।
यसरी परिक्रमा गर्ने क्रममा हरेक ग्रहहरुसँग नजिक हुँदै जाने क्रममा कुनै बेला शुभ तथा कुनै कुनै बेला अशुभ ग्रहहरुको किरण पृथ्वीमा आउने गर्दछ ।
यस्तो अवस्था भने लामो समयपछि कहिले काहीं केही समयका लागि मात्रै जुर्ने कुरा हो र यो लामो समयसम्म रहिरहने पनि होइन ।
यदि यस्तो समयमा केही संयमता अपनाउन सकिएन भने यसको परिणाम भयानक पनि हुन सक्छ ।
यस्ता ग्रहहरुको युक्तिसंगत भएको समयमा पनि देवता र रा क्षसहरुबीच पनि भयानक यु-द्ध भएको र धरै जनाले ज्यान गुमाउनु परेको पुराणहरुमा वर्णन गरिएको पाइन्छ ।
जब ठूला ग्रहहरु एकैसाथ आएको समयमा रा-क्षस र देवताहरुवीच अमृतपानका लागि समुद्र मन्थन भएको थियो मन्थनकै क्रममा यु-द्धसमेत भएको धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।
अहिले शक्तिशाली राष्ट्रका रुपमा उभिएको चीन र भारत अहिले यु-द्धको संघारमा रहेको देखिन्छ ।
१९६२ मा पनि यस्तै ग्रहहरुको अबस्था रहेकाे थियाे र उक्त समयमा पनि भारत र चीन बिच यु-द्ध चलेकाे थियाे र उक्त युद्धमा भारतले हारेकाे थियाे ।
करिब ५८ बर्ष पछि पनि ठिक यस्तै समय र ग्रहहरुको पनि अबस्था पनि भएकाले अहिलेको यो संकेत राम्रो होइन ।
यस्ता ग्रहहरु एकैसाथ आएको बेला चाहे त्यो महाभारतको युद्ध होस् या रामायणको समयमा किन नहोस् अथबा आधुनिक युगको अहिलेको समयमा नै होस्, भयानक र ठूला यु-द्ध भएको इतिहास भेटिएको छ ।
त्यसैले यस्ता समय चलिरहेका बेला सबै संयमता अपनाएर बसेमा सबैको हित हुने थियो ।
अहिलेकाे अवस्थामा ६ ओटा ग्रह वक्री भएकाे अवस्था छ । मंगलग्रहले कुम्भ राशिमा गाेचर गरिरहेकाे छ ।
शनि तथा मंगलग्रहकाे सम्बन्ध भयाे भने सामुहिक द्व-न्द्व तथा ल-डाइँ हुने कुरा पनि उल्लेख गरिएको छ ।
अषाढ १२ गते मंगल ग्रहले देब गुरु बृहस्पतिकाे राशिमा भ्रमणपछि मात्रै सकारात्मक र सद् बुद्धि आउने संकेत गरिएको छ ।
सन् १९६२ मा पनि यस्तै ग्रहकाे अवस्थामा
चाईना र ईन्डियाकाे लडाइँ भएकाे थियाे । २० अक्टोबर देखि २१ नाेभेम्बर सम्म ।
करिब एक महिना एक दिन चलेकाे यु-द्धमा तत्कालीन प्रधानमन्त्री जवारलाल नेहरु प्रधानमन्त्री थिए उक्त यु-द्ध चाईनाले जितेकाे थियाे ।
नेपालमा राजा महेन्द्रले सहयाेग समेत गरेका थिए । प्रकृतिमा यस्ता खाले ग्रहहरु भएकाे अवस्था यस्ता प्रकारका घटनाहरु भैरहेकाे इतिहासले देखाएकाे छ।