
मंगलबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज प्रेस ब्रिफिङ्गमा उक्त कुराको जानकारी दिएको हो ।
आज भेटिएका सहित जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
अहिलेसम्म १ लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर विधिबाट परिक्षण गरिसकिएको छ ।
१ हजार १ सय ५८ जना निको भएर घर फर्केका छन् भने ५ हजार ५ सय ३१ जना देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् ।
कोरोनाको कारण नेपालमा १९ जनाको निधन भैसकेको छ ।