
बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ ।
सोमबार निर्देशक मुकेश छाब्राले ‘दिल बेचारा’ फिल्म अनलाइन स्ट्रिमिङ प्लेटफर्म हटस्टारमार्फत रिलिज हुने जानकारी गराएका थिए ।
कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै फिल्म हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ फिल्म रिलिज हुन पाएको थिएन ।
त्यसअघि गत वर्षको नोभेम्बरमा ‘दि बेचारा’ फिल्मको रिलिज मिति तोकिएको थियो ।
अभिनेता राजपुत र सञ्जना सांघी अभिनित ‘दि बेचारा’ फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ बलिउड रिमेक हो ।
सुशान्तको अन्तिम फिल्ममा सँगै अभिनय गरेकी अभिनेत्री संजना संघीले रुदै उनको आत्माको शान्तिको कामना गरेकी छिन् । हेरौं भिडियो
सुशान्त टेलिभिजन हुदै बलिउडमा उदाएका कलाकार हुन् । बलिउडमा नेपोटिजम अत्याधिक मात्रामा रहेकाे पाइन्छ । सुशान्तको मृत्युपछि कंगना रनावतले भिडियो सन्देश जारी गर्दै सुशान्तलाई बलिउडले नचिनेको बयान दिएकी छिन् । उनले भनेको कुरा बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो : कंगना (भिडियो सहित) लिंकबाट पढ्न सकिन्छ ।
त्यस्तै नेपालमा पनि यो क्रम जारी नै रहेको छ । स्टार किडहरुलाई मिडियाले गर्ने व्यवहार र बाहिरबाट आएकालाई गर्नेव्यवहार फरक रहेको बताउने गरेको पाइन्छ । मंगलबारमात्र वर्षा शिवाकोटीले पनि आक्रोश पोखेकी छिन् । कंगनाको समर्थन गर्दै वर्षा शिवाकोटीले भनिन् “नेपाली फिल्म उद्योगमा पनि परिवारवाद हाबी छ” उनको यो स्टाटसबाट नेपोटिजमले फिल्मी उद्योगलाई नराम्रोसँग गाँजेको देखिन्छ ।