
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो । उनको निधनमा बलिउड देखि लिएर पुरै विश्व नै स्तव्ध बन्यो । नरेन्द्र मोदी देखि लिएर जोन सिना सम्मले उनलाई समबेदना दिए । नेपाली कलाकारहरुले पनि उनको निधनले दुखी भएको बताए ।
सुशान्तको निधनपछि कंगनाको बोलीले बलिउड तात्यो । बलिउडमा परिवारबाद हाबी भएको र सुशान्तलाई आफ्नो जिबनको अन्त्य गर्न बाध्य पारेको बयान दिइन् । त्यस्लाई लिएर उनलाई धेरैले समर्थन गरे भने केहिले उनलाई गाली पनि गरे ।
नेपालका कलाकारहरु कन्ट्रोभर्सीमा पर्न खासै रुचाउँदैन्न । फिल्म उद्योग सानो भएकोले पनि काम नपाउने डर उनीहरुलाई हुन्छ । त्यसैले पनि यो बिषयमा धेरैले बोल्दैन्न । हालै मात्र वर्षा शिवाकोटीले खुलेरै त्यस्को बिरोध गरेकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत उक्त्त कुरा बताएकी छिन् ।
उनले परिवारबाद सबैतिर हाबी भएपनि फिल्म उद्योग छर्लङ्ग भएकोले बढी चासोको रुपमा हेरिने बताएकी छिन् । भोलीको दिनमा कामको अभाव हुन सक्ने भन्दै नेपालमा हाबी भएको परिवारबादको बारेमा कोही नबोल्ने उनको भनाइ छ ।
नेपाली फिल्म उद्योगमा झरना थापाकी छोरी सुहाना थापा, भुवन केसीका छोरा अनमोल केसी, टीका पहाडीको छोरा गौरव पहाडी अशोक शर्माको छोरा अंकित शर्मा र अन्य स्टार किड पनि फिल्म उद्योगमा आउने क्रम जारी भएकोले बाहिरबाट आउनेले धेरै संघर्ष गर्नुपरेको सबैलाई थाहा नै छ ।
हेरौं उनको स्टाटस जस्ताको त्यस्तै :