
नायिका वर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। वर्षाले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तस्वीरले मिडियामा पनि चर्चा पाइरहेका छन् ।
केहि पहिलासम्म मिडियामा खासै नछाउने वर्षाले गसिप बजार बारे सायद बल्ल बुझेको हुनुपर्छ। उनी, अब फ्यानहरूसँग पनि जोडिन थालेकी छिन् र मिडियामा पनि छाउन थालेकी छिन् ।
सामाजिक सञ्जालमा दर्शकसँगको प्रश्नको जवाफ दिने शैली नेपाली कलाकारहरूले पनि समय-समयमा पछ्याएका छन् । यही भिडमा नायिका सिवाकोटी पनि अगाडि आएकी छिन् । वर्षाले फ्यानलाई मनमा लागेको प्रश्न सोध्न आग्रह गरेपछि उनलाई केही फ्यानले मनमा लागेको जिज्ञासा सोधे ।
एक फ्यानले उनलाई तपाईंको हट तस्वीर कुन होला भनेर सोधेका छन् । जसमा वर्षाले सारी लगाएको तस्वीर राख्दै धन्यवाद दिएकी छिन् । साथै वर्षाले पूर्व प्रेमीसँग सम्पर्कमा रहन आवश्यक छ कि छैन ? भनेर सोधिएको एक प्रश्नमा आफ्नो समय बर्बाद नगर्न भन्दै सुझाव दिएकी छिन् ।