
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दा हसं स्कार गरिएको छ ।
सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दा हसं स्कार गरिएको हो ।
उनलाई बुवा केके सिंह र बहिनीहरुले दा गबत्ति दिएका थिए ।
पो ष्टमा र्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो ।
सोही अस्पतालबाट श वयात्रा गरिएको थियो ।
यद्यपि,परिवारले अन्तिम दा हसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए ।
सुशान्तको मृ त शरीरको कोरोना परीक्षण समेत गरिएको थियो ।
परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
दिवंगत अभिनेता सिंहको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्मशान घाटमा अन्तिम सं स्कार गरिएको छ।
अ न्त्येष्टि कार्यक्रममा, सुशान्तका पिता आफन्त, श्रद्धा कपुर, रिया चक्रवर्ती लगायतका कलाकार पनि सहभागी थिए।
अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका थिए। उनले किन आ त्मह त्या गरे भन्नेबारे केही खुल्न सकेको छैन।
सुशान्तको निधनले बलिउड क्षेत्रमा शो क छाएको छ। कलाकारहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
उनको शव यात्रामा बलिउड सेलिब्रेटी र कलाकार सहभागी भएका थिए । अन्तिम संस्कारको लागि उनको परिवार र आफन्त पटनाबाट मुम्बई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनीः दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए । त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।