
पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका घोराही उपमहानगरपालकिा दाङका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ का १७ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदाय त्रसित बनेको छ ।
चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो ।
उनीहरुमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै वडा नं. १७ कै प्रावि क्वाडीबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
चौघेरा क्वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको थियो ।
रिपोर्ट पोजेटिभ आएकाहरु जेठ ७, ८ र ९ गते भारतबाट आएका हुन् । १३ जना संक्रमित मध्ये १२ पुरुष र एकजना महिला रहेका छन् ।
यसैबीच सोमबार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन् ।