
क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हाम फालेर गम्भीर घाइते भएका युवाको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए ।
बिहान सडकबाट झन्डै ६० मिटर तल हाम फाल्दा उनी गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार सुनौलीबाट उद्धार गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भीरबाट हाम फालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र गण्डकी अस्पताल पोखराले मृत्यु भएको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
र यो पनि पढ्नुहोस् : बाग्लुङका युवालाई क्वारेन्टिनमा राख्ने लग्दैगर्दा भीरबाट हाम फाले
लु २ ख ४२२० नम्बरको बसबाट पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा लैजादै गर्ने क्रममा उनले हाम फालेका थिए। पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । वर्षाका कारण सडक हिलाम्मे भएपछि अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा क्वारेन्टिनमा बस्नुपर्ने भए आ त्मह त्या गर्छु भन्दै बसको अलिकति पछाडीको भागतर्फ गएर सिधै भीरमा हाम फालेको प्रत्यक्षदर्शीको भनाई छ ।
शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
भेडबाख्रा जस्तै गरी बस्नुपर्छ क्वारेन्टाइनमा
बाग्लुङ्ग जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा सयौँ नागरिकहरु कष्टपूर्ण जीवन बिताएर बसिरहेका छन् ।
क्वारेन्टाईनमा १४ दिन बस्नै पर्ने र पीसीआर रिपोर्ट नेगेटिव आएमा घरमा जान दिईने, रिपोर्ट पोजेटिभ आए अर्थात कोरोना संक्रमण पुष्टि भएका आईसोलेसन कक्षमा बसी उपचार गर्ने सरकारी निती छ ।
बिडम्वना क्वारेन्टाईनमा बसेको झण्डै चार हप्ता पुग्दा पनि धेरै जनाको स्वाब संकलन नै गरिएको छैन, पीसीआर रिपोर्टको कुरा छोडौँ । जजस्को स्वाब संकलन गरी परीक्षणको लागी पठाईएको छ त्यस्को रिपोर्ट पनि दुई हप्ता बित्दापनि आएको छैन । दुईचार दिनमा एक पटक पोखराबाट दुईचार जनाको रिपोर्ट सार्वजनिक हुने गरेको छ । प्रतिक्षाको पनि हद हुन्छ, कति दिन पर्खिबस्ने ? भनेर क्वारेन्टाईनबासी प्रश्न गरिरहेका छन् ।
पीसीआर परीक्षण नगरी घर जान नहुने, क्वारेन्टाईनमा भेँडाबाख्रा झै कोचिएर बस्नु पर्ने, पानी आउँदा चुहिएर रुझिने, घामलाग्दा च्वात्च्वाती पोल्ने, कहिले कसको त कहिले कसको सहयोगका भरमा जीवन पाल्नु पर्ने क्या भूमरीमा परियो भन्दै कहराउदै छन क्वारेन्टाईनबासी ।