
नेपालले आफ्नो नक्शामा समेटेको भूभागमा रहेका बासिन्दाहरु भारतको प्रशासनिक क्षेत्रको उच्च पदमा रहेका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र ३६० वर्गकिलोमिटर छ जहाँ भारतले नेपालको भुमि अतिक्रमण गरेको विषय उठ्दै आएको छ ।
उक्त क्षेत्रमा तीन गाउँ छ । जसको नाम हो गुन्जी, कुटी र नाबी । त्यहाँ अधिकांश भोटिया समुदाय बस्छन् । त्यहाँका मानिसहरुले भारतको नागरिकता लिएका छन् ।
रोचक पक्ष त यो छ कि उच्च पहाडी क्षेत्र भएपनि तीन गाउँ प्रशासनिक क्षेत्रमा राम्रो संख्यामा प्रवेश बनाउन सकेकोमा पर्छ । त्यहाँ छ जना भारतको प्रशासनिक, प्रहरी र खुफिया एजेन्सीको उच्च अधिकृत छन् ।
टाइम्स अफ इन्डियाका अनुसार भारतको १९९७ ब्याचको आइपीएस अफिसर सञ्जय गुञ्ज्याल कालापानी क्षेत्रको गाउँका हुन् । उनी कुम्ब मेलाका आइजी छन् । विहारमा खटिएका बिनोद गुञ्ज्याल विहारमा खटाइएका आइएएस अधिकृत हुन् । २०११ को आइपिएस अधिकृत हेमन्त कुटियाल उत्तर प्रदेशमा खटिएका छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।

२००४ ब्याचका स्टेट पुलिस सर्भिसका अधिकृत विमल गुञ्ज्याल उत्तराखण्ड प्रहरीमा डिआइजी छन् । धिरेन्द्र सिंह गुञ्ज्याल पनि एसपिएस अधिकृत छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ नेता कहलिएका छन् । नक्शा नेपालले आफ्नो बनाइसक्यो तर जमिन भारतले नै भोगचलन गर्दै आएको छ । उक्त क्षेत्रका तीन हजार जनसंख्याबारे भने सरकार बेखबर नै छ ।
र यो पनि पढ्नुहोस् :
कालापानी गस्तीमा हिँडेको सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीले बिच बाटैबाट फर्कायो
नक्शा बनाएपछि सरकारले प्रमाण जुटाउन लागिपरेको छ । जिम्मा दिएको छ द्वन्द्व विशेषज्ञ विष्णु उप्रेतीको संयोजकत्वको समितिलाई । द्वन्द्व विशेषज्ञ उप्रेती एकाएक भुगोलका विशेषज्ञमा रुपान्तरित हुनुपर्ने भएको छ । यो पनि गजबकै विषय बनेको छ ।
यही हो नयाँ नक्सामा समेटिएको अतिक्रमण भूभाग

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड)।
बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ। त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ।
गुञ्जी दोभानमा आएर मिसिन्छ। छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ।
त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ। उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ। बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो।