
फ्रान्सका ज्योतिषी नास्त्रेदमसले चार सय वर्ष अघि सन् २०२० मा महामारीको प्रकोप विश्वभर हुने भविष्यवाणी गरेका थिए । उनले यस महामारीबाट धेरै मानिसहरुले ज्यान गुमाउने छन् भनेर भविष्यवाणी गरेकाले उनकाे भबिस्यबाणी लाई लिएर विश्व भरिनै चर्चा चलिरहेकाे छ । करिब चार सय वर्ष अघि उनको ‘द सन्चुरी’ नामक पुस्तकमा उल्लेख भएअनुसार सन् २०२० को लागि पनि उनले आफ्नो पुस्तकमा आश्चर्यजनक भविष्यवाणी गरेको उल्लेख गरिएको छ।
उनले बताएअनुसार दुनियाँका शक्तिशाली राष्ट्रहरमा यसको प्रभाव अत्याधिक रहने र यसको समाधानका लागि निक्कै मुस्किल पर्ने भनेर भनिएको छ। यसको प्रभाव विश्वभरी फैलिने भएकाले उनले यसलाई एक प्रकारको विश्व युद्ध नै भएको कुरा उल्लेख गरिएकाले उनको भविष्यवाणीको अहिले विश्वभरि नै चर्चा चलिरहेको छ । मानिसहरूले भन्डारण गरेका ठूलाठूला हातहतियारको आवश्यकता नपर्ने भनेर पनि भनिएको उल्लेख गरिएको छ । विश्व हल्लाउने भविष्यवाणी गर्ने त्यस्ता भविष्य वक्ता को थिए ।
को हुन नास्त्रेदमस ?
महान भविष्यवक्ता नस्त्रेदमसको जन्म १४ डिसेम्बर सन् १५०३ मा फ्रान्सको सेन्ट्रेमी भन्ने एक गाउँमा भएको थियो । सामान्य परिवारमा जन्मेका भविष्यवक्ता पश्चिमी मुलुकका चर्चित भविष्यवाणीका नामले पनि चिनिन्छन् ।
उनकाे पछिल्लो समयमा आफैंले गणना गरेर निकालिएको पञ्चाङ्गको पनि निकै चर्चा कमाएको थियो । उनले विश्वका धेरैजसो देशको भविष्यवाणी गरेको र उक्त भविष्यवाणी सत्य सावित समेत भएकाले अहिले पनि उनको चर्चा निकै चलिरहेको छ । जुन उनले गरेको सन् २०२० को महाप्रकोपका बारेमा गरिएको भबिस्यबाणी थियो जुन अहिले सत्य साबित भएको छ ।
२०१९ डिसेम्बर अन्तिममा चीनबाट फैलन सुुरु गरेको कोरोना नाममकरण गरिएको भाइरसले अहिले विश्वका २ सय १३ देशमा प्रभाव पारेको छ । विश्वका बिभिन्न देशमा कोरोना संक्रमित र मृत्यु हुनेको संखया तिव्र गतिमा बढि रहेको छ । उनले यस्ता प्रकारका भबिस्यबाणी विभिन्न समयमा लाग्ने ग्रहण तथा ग्रहहरुकाे आधारमा रहेर गर्ने गरेकाे पछिल्लो अनुसन्धानले पत्ता लगाएकाे छ । ग्रहणकाे गणना बाट हरेक कुराहरुकाे समय पत्ता लगाउ सक्किन्छ । यसबाट महाभारत कालकाे समयपनि पत्ता लगाउन सकिने ज्याेतिषी हरुले जानकारी गराएका छन् ।
त्यस्तै विश्वभरमा कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी ठुला देशहरु जस्तै अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी,भारत लगायतका देशमा परेको छ ।अहिलेसम्म उनले गरेका भविष्यवाणी अधिकांश मिलेका छन् ।१६औँ शताब्दिमा फ्रान्समा जन्मिएका नास्त्रेदमसले चार सय वर्ष पहिल्यै नै २०औँ शताब्दीकोबारेमा भविष्यवाणी गरेकाले अहिले उनको चर्चा निक्कै चलिरहेको छ ।
‘द सन्चुरी’ नामक पुस्तकमा उनले लेखेका छन् । उनको भविष्यवाणी कविताको माध्यमबाट पनि जानकारी गराउने गरेका छन । ब्रिटिस राजकुमारीको मृत्यु जर्मनीका शासक ‘एडल फिडेल’को उदयको, परमाणु बम, दोस्रो विश्वयुद्ध, अमेरिकामा भएको पेन्टागन आक्रमण लगायतका थुप्रै चर्चित घटनाहरुकोबारेमा उनले पहिल्यै आफ्नो पुस्तक “द सेन्चुरी“ नामक पुस्तकमा लेखेका थिए ।
उक्त पुस्तक नै उनको भविष्यवाणी थियो । उनले सन् २०१९देखि सन् २०२०को मध्य सम्म विश्वभर अदृश्य शक्तिको भ्रमण हुने भविष्यवाणी गरेका छन् । उक्त अदृश्य शक्तिका कारण धेरै मानिसले ज्यान गुमाउनु पर्नेछ भन्ने कुरा बताइरहेकाले अहिले उनको चर्चा चलिरहेको छ । नस्त्रेदमसको अर्काे चर्चित पुस्तक “प्रोफेसिस“ नामक पुस्तकमा ९५० ओटा भविष्यवाणी गरेका छन् । उनले गरेका भविष्यवाणीमा कविताका हरफहरुमा कोड भाषामा लेखिएको पाईन्छ
लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन
सम्पर्क ९८५१०६११२४
EMAIL : rijal.suresh123[at]gmail.com