कालिकोटमा चार महिनाका शिशुसहित २५ जनाले कोरोना जितेर घर फकिएका छन्।
करिब १४ दिन अगाडि कोरोना पोजेटिभ देखिएका चार महिनाका शिशुसहित २५ जना संक्रमितको पछिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कटकबहादुर महतका अनुसार जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना भएका चार महिनाका शिशुसहित २९ जना कोरोना संक्रमितमध्ये २५ जनाले कोरोना जितेर घर फर्किएका हुन्।
उनका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकाका १२ जना, महाँवै गाउँपालिकाका ८ जना, तिलागुफा नगरपालिकाका १ जना, खाँडाचक्र नगरपालिकाका २ जना, पलाँता गाउँपालिकाका १ जना र बाजुराका १ जना रहेका छन्।
अब जिल्ला सदरमुकाम मान्ममा रहेको आईसोलेसनमा ४ जना मात्र संक्रमित रहेका छन्।
‘आत्मबल बलियो बनाऊ कोरोना जितिन्छ’
कालिकोटको आइसोलेसनबाट घर फर्किएकी चार महिने शिशुकी आमा रोसनी सिंहले आतमबल बलियो बनाए सहजै कोरोना जित्न सकिने बताएकी छन्।
‘मलाई कोरोना लागेको कुनै महसुस भएन्। म १४ दिन क्वारेन्टाइनमा बसरे कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा भर्ना भएकी हुँ। दश दिन आइसोलेशनमा बसे। कोरोनाका लक्षणसमेत केही देखिएनन्’, उनले भनिन्, ‘यहाँ बस्दा पनि कोरोना जित्छु भन्ने पुर्ण आत्मविश्वास थियो। अब घर गएर २१ दिन होम क्वारेन्टाइनमा बस्छु ।’
यस्तै शुभकालिकाका रमेस जैसी, नेत्र भट्टराईले भारतबाट आउदा मनमा रहेको सामान्य कोरोनाको त्रास पनि घर फर्किदा समाप्त भएको बताए। ‘हामीलाई कोरोनाको कुनै महसुस भएन। कोरोना संक्रमण भएपछि मरिहालिन्छ कि भन्ने त्रास थियो’, उनले भने, ‘तर रहेन रहेछ ।’