
सरकारले नेपालबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ उडानलाई असार २१ गतेसम्म रोक लगाउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्ले गरेको निर्णयबाटै हवाइ उडानमा रोक लगाउने समय लम्बिएको जानकारी दिएको हो ।
सरकारले ११ चैतदेखि जारी लकडाउनपछि सबै प्रकारको व्यावसायिक हवाइ उडानमा रोक लगाएको छ । यसअघि १६ असारसम्म लगाएको यस अघिको हवाइ उडानको समयलाई बढाएर २१ असार पुर्याइएको हो ।
सरकारले आकस्मिक उडान, उद्दार तथा अनुमति लिएर गरिने चार्टर उडान भने गर्न दिएको छ ।
यस अघि आधा क्षमतामा यात्रु राखेर आन्तरिक उडान खुला गर्ने प्रस्ताव प्राधिकरणमार्फत सरकारसमक्ष गएपनि सरकारले त्यसलाई अस्वीकृति गरिदिएको छ ।

छिमेकी देश भारतमा आन्तरिक उडानहरु सूचारु भएका छन् भने अर्को छिमेकी देश पाकिस्तानमा आन्तरिक सहित अन्तर्राष्ट्रिय हवाइ उडान पनि खुला गरिएको छ ।