
हिमानी कोषले आज विभिन्न संघ संस्थालाई स्वास्थ्य समाग्री तथा राहत वितरण गरेको छ ।
विराटनगरमा आज हिमानी कोषले राहत सामाग्री वितरण गरेको हो ।
कोरोना भाईरस महामारीलाई मध्यनजर गर्दै विभिन्न चरणमा स्वास्थ्य समाग्री वितरण गदै आएको कोषले आज कारागार अस्पताल, सुनसरी ईलाका प्रहरी कार्यलय, सुनसरी स्वास्थ्य चौकीको एम्बुलेस चालक, शिवनगर टोल विकास समिति, लगायत संस्थालाई स्वास्थ्य समाग्री वितरण गरेको हो ।
कोषले कारागार अस्पतालाई ५० थान पिपिई, २ सय थान मास्क, १ हजार थान थर्मल गन, ईलाका प्रहरी कार्यालय सुनसरीलाई एक एक सय थान पिपिई र केएन मास्क वितरण गरेको छ ।
यसैगरी एम्बुलेन्स चालकलाई पिपिई, मास्क, ग्लोब्स पनि वितरण गरेको छ ।

कोषले शिवनगर टोल विकास समितिलाई डिसइन्फेक्सन स्प्रे, नेपाल युथ क्बलाई पिपिई, सानो गौचरण युवा क्लबलाई पिपिई, स्यानिटइजर, मास्क र ग्लोब्स, जुम्लाको लागि ३० थान पिपिई, १ सय ५० थान सर्जिकल मास्क, १ सय ५० थान स्यानिटाइजर पनि उपलब्ध गराएको छ ।
त्यस्तै उज्वल नक्षत्र समाजलाई ५ वटा पिपिई, ६० वटा मास्क र सोलु बाल संरक्षण गृहको लागि ८ बोरा चामल पनि कोषले वितरण गरेको छ ।
छोरीहरुसँग हिमानीको डान्स चर्चामा
हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएको पाइन्छ ।
पूर्वयुवराज्ञी हिमानी छोराछोरीसहित अहिले थाइल्यान्डमा रहेको बताइएको छ । छोरी अध्ययनका लागि थाइल्यान्डमै रहेकी छन् । हिमानी अहिले छोरीसँगै थाइल्यान्डमा रहेका बेला उक्त भिडियो तयार पारेकी हुन् ।
छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानीको अहिले अर्को देशभक्तिपूर्ण टिकटक भिडियो भाइरल बन्दै गएको छ ।