
नेपालमा आइतबार ४ सय २५ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । जसमध्ये पुरुषको संख्या ५ हजार ३ सय २४ पुगेको छ भने महिलाको संख्या ४ सय ३६ पुगेको छ ।
रुकुम पूर्वमा थप कोरोना सङ्क्रमित भेटिएसँगै संक्रमण फैलिएका जिल्लाको संख्या ७३ पुगेको छ ।
हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।
सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६० पुग्दा १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । आजका मितिसम्म १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार ७ सय ६७ जना कोरोना सङ्क्रमितहरु विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
अहिलेसम्म कोरोनाको कारण १९ जनाको मृत्यु भएको छ।
शनिबारसम्म नेपालका ७७ जिल्लामध्ये ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।