कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना सङ्क्रमणको देखिएको छ ।
आइतबार सुर्खेत र दैलेख जिल्लामा गरी ६९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले थप ६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि गरे ।
थपिएका नयाँ सङ्क्रमितहरुमध्ये सुर्खेत जिल्लाका ४० जना रहेका छन् भने दैलेख जिल्लाका २९ जना रहेका छन् ।
सुर्खेतमा भेटिएका ४० जना सङ्क्रमितहरु सो जिल्लाका ५ पालिकाका बासिन्दा रहेको खुलेको छ ।
दैलेखमा भेटिएका २९ जना सङ्क्रमितहरु ३ वटा पालिकाका बासिन्दा रहेको खुलेको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा उनीहरुमामा सङ्क्रमण देखिएको हो ।
नयाँ सङ्क्रमितसँगै कर्णालीमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ९ सय १५ पुगेको छ । आज दैलेख अस्पतालबाट ५ जना, दुल्लु अस्पतालबाट ४ जना निको भएर घर फर्केका छन् योसँगै कर्णालीमा निको हुनेको संङ्ख्या ९१ पुगेको छ भने कोरोनाको कारण ३ जनाको ज्यान गइसकेको छ ।
कुन जिल्लामा कति
जिल्ला | हिजोसम्मका | आज थपिएका | जम्मा संक्रमित |
---|---|---|---|
जम्मा | ८४६ | ६९ | ९१५ |
दैलेख | ४७२ | २९ | ५०१ |
सुर्खेत | १५७ | ४० | १९७ |
सल्यान | १३७ | १३७ | |
कालिकोट | २८ | २८ | |
जुम्ला | २४ | २४ | |
जाजरकोट | ८ | ८ | |
मुगु | २ | २ | |
हुम्ला | १ | १ | |
डोल्पा | १ | १ | |
अन्य प्रदेशका | १६ | १६ |
कर्णाली प्रदेशका १० जिल्लामध्ये (रुकुम पश्चिम) बाहेक अन्य ९ जिल्लामा कोरोना सङ्क्रमित फेला परेका छन् ।
आज भेटिएका २९ जनासहित दैलेख जिल्लामा सङ्क्रमितको संख्या ५ सय १ पुगेको छ भने सुर्खेतमा आज भेटिएका ४० जनासहित सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ । त्यस्तै सल्यानमा १३७, कालिकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १-१ र स्थायी ठेगाना अन्य जिल्लामा भएतापनि व्यापार र रोजगारीको शिलशिलामा कर्णाली प्रदेशमा बसेका १६ जना गरी जम्मा ९ सय १५ जनामा संङ्क्रमण पुष्टि भएको छ ।