
आज विहान घाम लागेपछि दिउँसो भिषण वर्षा हुने बताइएको छ ।
मौसमविदहरुका अनुसार आज मुलुकका बिभिन्न स्थानमा भिषण वर्षा हुने सम्भावना रहेको बताएका हुन् ।
बिहान प्रदेश २, बागमती र ५ मा घाम लागेको भएपनि केही बेरपछि मौसम बदली हुने र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकामा अहिले घाम लागेपनि केही बेरपछि मौसम पूर्ण बदली रही पूरै बादल लाग्ने र दिउँसोतिर मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। बिशेषगरी आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। नेपालमा मनसुन भित्रिए सँगै पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि नै अनुरोध गरेको थियो ।