
स्याङ्जा, स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ६ जना घाईते भएकाछन् । बयरघारी बजारबाट स्वरेकका लागि छुटेको ग २ च २३७३ नम्वरको महिन्द्रा जीप भीरकोट ५ को नेटामा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनामा परी स्थानीय १६ वर्षीया दुर्गा अर्यालको निधन भएको छ । त्यस्तै अन्य ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिनुभयो ।अर्यालको उपचारका क्रममा कालिका अस्पताल हेलुमा निधन भएको हो प्रहरीले जनाएको छ ।
घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुषमा अर्याल रहेका छन् उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।राम्दीमा पुगेर पूजाको फूलपाती सेलाएर आएको जीप सडकबाट १५/२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।जीप चालक प्रहरी नियन्त्रणमा छन भने उनीहरु सबै एकाघरका नातेदार रहेको बताइएको छ ।