
नेपालमा शनिबार २ सय ७३ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
संक्रमितमध्ये २ सय ४७ जना पुरुष हुन भने ३६ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ सङक्रमित थपिएसँगै नेपालमा कोरोना सङक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
वितेको २४ घन्टामा ३७ जना डिस्जार्ज भएका छन् भने अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ९ सय १३ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुग्दा १ लाख २७ हजार २ सय ८८ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । आजका मितिसम्म १ लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार ४ सय ४ जना कोरोना सङ्क्रमितहरु विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
अहिलेसम्म कोरोनाको कारण १८ जनाको मृत्यु भएको छ।
शनिबारसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।