
समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन अस्वीकृत भएको छ।
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावलीको नियम ११२ को (ख) र (ग) मा टेकेर संशोधन अस्वीकृत भएको बैठकमा जानकारी गराएका हुन्।
गिरीले नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने प्रस्तावमा संशोधन दर्ता गराउँदै ‘स्रोत र प्रमाण नखुलेको उल्लेख’ गरेकी थिइन्।
उक्त नियममा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउँदा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने उल्लेख छ।
गिरीले राखेको संशोधन प्रस्तावमा अब प्रतिनिधि सभामा कुनै मतदान हुने छैन। संसदमा ठूलो हल्ला सुनिएपछि सरिता गिरी बाहिरिएकी छिन् । बाहिर निस्केर उनले आफु सामाजिक संजालमा आएजस्तो देशद्रोही नरहेको बताएकी छिन् ।