
एजेन्सी । बलिउड अभिनेत्री जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा रिलिज हुने भएको छ ।
भारतिय मिडियाकाअनुसार कोरोनाका कारण फिल्म हलहरु बन्द हुँदा अशरण शर्माले निर्देशन गरेको फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा रिलिज हुन लागेको हो । अब भने यस फिल्मलाई ओटीटी प्ल्याटफर्ममा रिलिज गरिने जनाइएको छ ।
फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा रिलिज हुने बारे अभिनेत्री जाह्नवीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।]
https://www.instagram.com/p/CBM-j1CA6Qa/
उनले सामाजिक सञ्जालमा फिल्म नेटफ्लिक्समा रिलिज हुँने र फिल्ममा एक युवती र उसको सपनाको एक प्रेरणादायक वास्तविक कहानी रहको बताएकी छिन् । यस फिल्मका लागि जाह्नवीले ८ केजी तौल घटाएकी थिइन्
https://www.instagram.com/p/CBQNzj-AmCb/