
उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका थिए ।
चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो ।