
स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गो ली चलाएर देहत्याग गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गोली चलाएर देहत्याग गरेका हुन् ।
छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला देहत्याग गरेका हुन् । आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै निधन भएको हो ।
‘केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्यायो।’ बैतडी स्थायी घर भएका नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले फेसबुकमा निधन अघि लेखेको मार्मिक स्टाटस हो। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर ५ घर भएका विष्ट स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत थिए।