
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।
पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् ।
उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका सबै प्रस्तावित भ्रमण तत्काललाई रद्द गरिएको जानकारी दिएका छन् ।
शुक्रबार ओलेनाले आफ्नो कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको बताएकी थिइन् । यद्यपि राष्ट्रपति जेलेन्स्की र दुई जना छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यद्यपि ओलेना अस्पताल भने भर्ना भएकी छैनन् । उनी केही दिन घरमै सेल्फ आइसोलेसनमा बस्ने भएकी छन् ।