
२०७७ साल जेठ आषाढकृष्णपक्ष ३१ गते शनिवार अष्टमी तिथी शतभिशा नक्षत्र चन्द्रमा कुम्भ राशिमा
मेष : व्यपारमा केहि सामान्य तनाव देखिन सक्नुका साथै नया साथी भाइ सँगको भेटले गर्दा भने मन रमाउने छ । विदेश क्षेत्रवाट लाभ हात पर्न सक्ने छ । धन लाभको समय पनि देखिन्छ ।
वृषः काममा आएको बाधा हटेर जानुका साथै सरकारी महत्वपूर्ण काम वन्ने छ । कतै यात्रा गर्ने अवसर पनि प्राप्त होला । अरुको हल्लाको पछाडि धेरै नलाग्नुहोला अन्यथा दुःख पाउन सकिन्छ ।
मिथुनः भाग्यमा रोकिएको काम बन्ने छ तर व्यपार व्यवासायमा भने केहि घाटा देखिन सक्नेछ । शत्रु परास्त भएर जानुका साथै स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।
कर्कटः सामान्य स्वास्थ्य समस्या हुने देखिन्छ । गरेको लगानी बाट धेरै फाइदा पुग्ने छ । नगरेको गल्तीमा भने फस्न सकिन्छ । जागीरमा पदोन्नतीको सम्भावना पनि वन्नेछ ।
सिंह : कतै सामान्य पुलीस केस वा समस्यामा पर्न सकिने देखिन्छ । दाम्पत्य जीवनमा राम्रो भएर जानुका साथै प्रेममा भने राम्रो हुनेछ । व्यवसायमा,व्यपारमा भने राम्रो हुने छ ।
कन्याः शत्रुले विगारेको काम बन्ने छ भने विदेशमा गरेको काममा फाइदा पुग्ने छ । यात्रा गर्दा सतर्क रहनुहोला अन्यथा चोट पटकको सम्भावना छ ।
तुलाः लागानी गर्ने अवसर प्राप्त होला कृषि क्षेत्र वा चौपायको क्षेत्रमा । जागीरमा भने तनाब बढ्ने छ । तथा नया व्यत्ति वा नँया लुगा लगाउन वा भेट्न सकिन्छ ।
वृश्चिक : मनमा असन्तोस छाउने छ व्यपार र जागीरको तनाव बाट । घर परिवाको धेरै सुख पाउन सकिन्छ । मान सम्मानमा वृद्धि हुनेको साथै यात्राको अवसर प्राप्त गर्न सकिन्छ ।
धनु : जागीर वा सामाजीक ठाउँमा मान सम्मानमा वृद्धि हुनेछ । भविष्यको कुरालाइ लिएर गरेको लागानिले फाइदा पुग्ने छ । सन्तान सुख प्राप्त होला ।
मकर : जग्गा वा घर किन्न सक्ने सम्भावना छ । पैतृक सम्पतिको लागि गरेको संघर्श समाप्त भएर जानेछ तथा फसेको धन पाउने छ । बेली बिक्ने छ ।
कुम्भ : इनपोट एक्सपोट बाट नाफा हुनेछ । विदेश बाट लाभ मिल्नुका साथै विदेश जाने अवसर प्राप्त हुन सक्ने छ । पत्नी सँग मनमुटाव हुन सक्नेछ ।
मीन : जागीरमा पदोन्नतीको सम्भावना देखिन्छ । जागीर पाउन सकिन्छ सरकारी अध्यन क्षेत्रवाट लाभ होला । घरमा धार्मीक कार्य हुन सक्छ ।