
लोकतन्त्रको विश्वव्यापी प्रक्रिया, मानवमा हालसालैको विश्वव्यापी जोड; मानाव अधिकार, शान्ति र सहभागी प्रजातन्त्र, वैदेशिक सहायताको राजनीति, गैरसरकारी संस्थाहरू (अन्तराष्ट्रिय गैर-सरकारी संस्थाहरू बढ्दो संख्याले नेपालमा भाषाको राजनीतिलाई प्रभाव पारेका छन्।
राजनीति सामान्य अवधिमा व्यक्तिहरू बीचको अन्तरक्रिया, गतिविधिहरूको अध्ययन र प्रतिक्रियाहरूको रुपमा बुझिन्छ । जुन व्यक्ति व्यक्तिगत र समूह समूहगत र ठूलो समुदाय समुदायगत रुपमा हुने गर्छ ।
भाषा संचारको एक स्वच्छिक भोकल प्रणाली हो । राजनितिले सामाजिक अर्थिक समस्यालाई सम्बोधन गर्छ। भाषा र राजनीति को अनौठो सम्बन्ध रहेको पाईन्छ।
भाषाले आफ्नोपन दर्साउने र आफ्ना बिचारहरु सहजै श्रोता माझ प्रष्ट सङ्ग पुर्याउन मद्द्त गर्ने भएकाले ठुला ठुला राजनैतिक सभा समारोहमा पनि श्रोताको चाहाना र समुदाय अनुरुपको भाषाको प्रयोग गरिदै आएको छ ।
नेपाल क्षेत्रफलको आधारमा सानो भूपरिवेष्ठित देश हो। विभिन्न स्रोतहरुका अनुसार नेपालमा करिव ७७ हजार जानाले हिन्दी भाषालाई आफ्नो मुल भाषाका रुपमा प्रयोग गर्दै आएको तथ्य हरु पाईन्छ । जुन नेपालको कुल जन संख्याको आधारमा निकै न्यून रहेता पनि नेपालमा हिन्दी भाषा बुझ्नेको संख्या भने धेरै रहेको पाईन्छ ।
नेपाल भारतको पारस्परिक सम्बन्ध ; खुल्ला सिमाना सहज आवतजावत र नेपालमा अध्याधिक रुपमा भारतिय चलचित्रको ; गित ; साहित्यको प्रयोगले गर्दा पनि हिन्दी भाषा बुझ्नेहरुको संख्या बढ्दै गएको हो । हिन्दि भाषा प्रती नेपालि राजनितिज्ञको मोह बढ्नुलाई नेपाललाई भारतिय राजनीतिको प्रत्यक्ष वा अप्रत्यक्ष असरको रुपमा पनि लिन सकिन्छ ।
नेपालको संसदमा हिन्दि भाषाको प्रयोग पनि कुनै नौलो कुरो हैन । भाषा माध्यम मात्र हो बिरोध अर्थ र भावको गरिनु पर्ने भएता पनि धेरै ठाँउमा हिन्दी भाषाको प्रयोगलाई नै विवादित बनाएको पाईन्छ । त्यसैले हिन्दी भाषाको बिरोध गर्ने भन्दा पनि मानिसको बोलाईको भाव र मर्म हेरेर बिरोध र समर्थन गरिनु पर्छ । राष्ट्रको विपक्षमा वकालत गर्ने कसैलाई पनि कहि पनि छुट छैन ।
निकै थोरै नेपालीले मात्र हिन्दी भाषाको प्रयोग गरेता पनि नेपालका धेरै जसो मधेसी मुलका राजनीतिकर्मीहरुले हिन्दी भाषाको प्रयोग गर्दै आएको पाईन्छ । मदेशमा रहेका प्राय सबै समुदायको आफ्नै भाषा रहेता पनि मेधेशका प्राय राजनीतिकर्मिहरु हिन्दी भाषा प्रयोग गर्न रुचाउछन ।
राजनीतिमा भाषाको ठूलो प्रभाव पर्ने भएकाले नेपालि राजनीतिमा हिन्दी भाषाको प्रयोगलाई धेरै दृष्टिकोणबाट विश्लेषण गरिदै आएको छ । हिन्दी भाषाको अध्याधिक प्रयोगले गर्दा नेपालका मौलिक भाषा शैली जस्तै मैथिली ; भोजपुरी आदि संकटमा परेको पाईन्छ ।
हिजो आज संसदमा हिन्दी भाषाको प्रयोगको बिषय धेरै चर्चामा आएको देखिन्छ । संसदमा आफ्नो अनुकुलता अनुरुप आफ्नो स्व इच्छाको भाषा प्रयोग गर्ने गरिएको देखिन्छ । नेपालको संसदमा हिन्दि भाषाको प्रयोग पनि कुनै नौलो कुरो हैन । भाषा माध्यम मात्र हो बिरोध अर्थ र भावको गरिनु पर्ने भएता पनि धेरै ठाँउमा हिन्दी भाषाको प्रयोगलाई नै विवादित बनाएको पाईन्छ ।
त्यसैले हिन्दी भाषाको बिरोध गर्ने भन्दा पनि मानिसको बोलाईको भाव र मर्म हेरेर बिरोध र समर्थन गरिनु पर्छ । राष्ट्रको विपक्षमा वकालत गर्ने कसैलाई पनि कहि पनि छुट छैन ।
चाहे त्यो हिन्दी भाषामा होस या नेपाली भाषामा होस। भाषाको बिरोध गर्नाले हामीलाई कतै पुर्याउदैन । भाषा बिचार आदान प्रदानको माध्यम मात्र हो । यधपी नेपाली सदनमा सकेसम्म सम्पुर्ण संसदहरुले नेपाली भाषाको प्रयोग गरे सम्पुर्ण नेपाली माझ सहजै पुग्न सक्ने आफ्ना बिचार पुर्याउन सक्ने सत्यलाई स्विकार्नु पर्छ । किन कि भाषा बिचार आदान प्रदानको श्रोत हो।
सरिता गिरीले हिन्दीमा भाषण गरेको भिडियो हेरौं ।