
चलचित्रमा फ्लप तर सामाजिक सञ्जालमा हिट अभिनेत्री हुन् वर्षा सिवाकोटी ।
उनले अभिनय गरेका कुनैपनि फिल्मले सफलता पाउन सकेका छैनन् ।
हाल लकडाउनको कारण उनी फुर्सदमा छिन् ।
सामाजिक कार्यमा पनि हात बढाउदै अघि बढेकी वर्षा सामाजिक सञ्जालमा दिनहुँ जसो आफ्ना सुन्दर तस्वीर सेयर गरेर दर्शकलाई मनोरन्जन दिदै आएकी छिन् ।
आज उनले इन्स्टाग्राममा हरियो टिर्शटमा हाप पाइन्ट लगाएको निकै आकर्षक तस्वीर पोस्ट गरेकी छिन् ।
हेरौं उनका तस्विरहरु





केहि समय अगाडी भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन्न । मनिषाले दिएकाे एउटा अभिव्यक्त्तिकाे कारण उनले नेपालमा राम्राे चर्चा कमाइन् । भारतीय मिडियाले उनकाे खेदाे खने । तर नेपाली पनि के कम उनकाे समर्थनमा उत्रिए । राजेश हमाल देखि निखिल उप्रेतीसम्म उनकाे समर्थनमा उत्रिए । उसाे त नेपाली अभिनेत्रीहरुले पनि उनलाई मज्जाले साथ दिए ।
“वर्षाकाे भारतीय साथीलाई कसरी फेस गर्नु” भनेपछि उनका फ्यानहरु दुखी भए । केकी अधिकारी देखि लिएर निता ढुङगानाले समेत राष्ट्रियता सिकाउन भ्याए । पछि रिमा विश्वकर्मा भने उनलाई समर्थन गर्न आइन ।
तर सबैभन्दा बढी तनाब चै नाम जुध्न पुगेकी वर्षा शिवाकोटीलाई पर्यो । फ्यानको नराम्रो कमेन्ट र म्यासेजले दिक्क भएपछि नायिका वर्षा सिवाकोटीले , ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम–थर हेर्ने कष्ट गरिदिनुहोला’ भनेर फेसबुक स्टाटस पाेष्ट गरेकी थिइन् ।
उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् ।
तर अब नायिका वर्षा सिवाकोटीले केही दिनको लागि फेसबुकबाट ब्रेक लिन लागेको बताएकी छिन् । उनले यसबारे जानकारी दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् । वर्षा राउतकाे फण्डामा परेकाेले नै उनले फेसबुकबाट टाढा हुनु परेकाे त हैन ?