
कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित असहाय र मजदूर नै परेका छन् ।महामारीका कारण मजदूर जहाँ थिए त्यहिँ भोको पेटमा बस्नु परेको छ । त्यसैले पनि उनीहरुको अवस्था दयनीय बनेको छ ।
उनीहरु आर्थिक संकटसँग् पनि त्यत्तिकै लडीरहेका छन् । यस्तै एउटा घटना भारतमा पनि भएको छ ।
भारतको मध्य प्रदेशको बालाघाट जिल्लाको ग्राम खुर्सीपारमा बस्ने एक मजदूरको कहानीले सबैको आँखा आँशु भरिएको छ ।
बुधरामले लकडाउनका कारण सवारी साधन नचले पछि श्रीमती एक छोरा र दुई छोरीलाई साइकिलमा हालेर गाउँ ८०० किमीको यात्रा तय गर्दै गाउँ फर्किएका छन् ।
उनी हैदरावादमा परिवारसँग बसेर मजदुरी गर्थे । तर कोरोनाका कारण रोजगारी नपाए पछि उनले साइकिलमा यति लामो यात्रा तय गरेका हुन्।
केही समयअगाडी एक महिलाले १४ सय भन्दा बढी किलोमिटर स्कुटरको यात्रा गरेर आफ्नो छोरालाई घरसम्म ल्याएको खबर चर्चामा रहेको थियो ।