
टेलिभिजनको चर्चित सिरियल ससुराल सिमरकामा अभिनय गरेका अशिश रोय अस्पतालको बिल तिर्न नसकेपछि उपचार छाडेर घर फर्किएका छन् । घर आएपछि झन् झन् उनको अवस्था गम्भीर बन्दै गइरहेको छ ।
भारतीय मिडियासँग कुरा गर्दै उनले आफ्नो स्वास्थ्य दिनानुदिन बिग्रदै गइरहेकोले अब मृत्युलाई नै कुरेर बसेको बताएका छन् । उनले भने, “तत्काल नै किड्नी फेर्नु पर्ने भएको छ, तर त्यस्को लागि पैसा चाहिन्छ जुन मसँग छैन ।” बलिउड तथा सिरियलका कलाकारहरुले उनलाई सहयोग त गरिरहेको छन् तर त्यतिले उनलाई पर्याप्त हुदैन ।

उनी भन्छन्, मैले हप्तामा ४ पटक डाइलासिस गर्नु पर्छ, जस्को मुल्य २ हजार पर्छ । मैले त्यस्को लागि १ लाख रुपैया डिपोजिट गरेको थिए तर त्यो सकिइसक्यो । डाक्टरले मेरो शरिरमा रहेको अनावश्यक पानी हटिसकेको बताए पनि मृगौला पुर्ण रुपमा खराब भएको बताएका छन् ।
धेरैले उनलाई सहयोग गर्न तत्परता देखाएकोमा उनले धन्यवाद व्यक्त्त गरेका छन् ।
र यो भिडियो पनि हेर्नुहोस्
महाकाली सन्धिको बेलामा महाकालीको मुहान पत्ता किन लगाइएन ?’ ‘यो राष्ट्रघाती को हो ? यसको पर्दाफास गर्नुपर्छ ।’ राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्छ !!