
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ४८ कोरोना सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एकैदिन भेटिएको यो संङ्ख्या अहिलेसम्मकै धेरै हो । जसमा ४ सय २४ जना पुरुष छन् भने २४ जना महिलाहरु रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार नयाँ सङक्रमित थपिएसँगै नेपालमा कोरोना सङक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमध्ये पुरुषको संङ्ख्या ४ हजार ७ सय ९ पुगेको छ भने महिलाको संङख्या ३ सय ५३ पुगेको छ । जसमध्ये केही नाबालाकहरु पनि रहेका छन् ।
कहाँ कहाँ भेटिए ?
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका दुई जना, झापाका सात जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल टिचिङमा गरिएको परीक्षणमा महोत्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवनको भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ जना, उदयपुरका तीनजना, सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एकजना, झापाका ६ जना, सुनसरीका एक महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरेको परीक्षणमा पर्वतका १३ जना, स्याङ्जाका २२ जना पुरुष, नवलपरासी पूर्वका एकजना र तनहुँका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष र बाँकेका एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डा गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना पुरुष, मोरङका एकजना पुरुष, धादिङका दुई महिला र २५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरेको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना र सर्लाहीका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष, सर्लाहीका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा ३ महिला र ५ पुरुष सहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष, सुर्खेतका दुई महिला सहित ४३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै रुपन्देहीको प्रयोगशालामा गरेको परीक्षणमा अर्घाखाँचीका दुई जना, गुल्मीका एक जना, पाल्पाका एक जना पुरुष, प्यूठानका दुईजना, रुपन्देहीका तीन महिला र १३ पुरुष, नवलपरासी पश्चिमका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एक जना धादिङका एक जना धनुषाका एक जना नुवाकोटका एक जना रौतहटका ८६ जना काठमाडौंका एक जना महिला सर्लाहीका ९ महिला र ४१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्दा १ लाख २१ हजार ८ सय ६२ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । आजका मितिसम्म १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार १ सय ६९ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ भने कोरोनाको कारण १६ जनाको निधन भैसकेको छ ।