
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ।
शुक्रबार नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंकी एक महिला कोरोना पोजेटिभ देखिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको कोरोना पोजेटिभ आएको हो।
शुक्रबारमात्रै ४ सय ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। वितेको २४ घन्टामा १६ जना डिस्जार्ज भएका छन् भने अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ । जसमध्ये ७ सय ८६ जना पुरुष हुन् भने ९१ जना महिला छन् । अहिलेसम्म १६ जनाको कोरोनाको कारण निधन भएको छ।
सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्दा १ लाख २१ हजार ८ सय ६२ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । आजका मितिसम्म १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार १ सय ६९ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ
र यो पनि पढ्नुहोस् :