
नेपालमा शुक्रबार ४ सय *४८ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
एकैदिन भेटिएको यो संङ्ख्या अहिलेसम्मकै धेरै हो । जसमा ४ सय २४ जना पुरुष छन् भने २४ जना महिलाहरु रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ सङक्रमित थपिएसँगै नेपालमा कोरोना सङक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमध्ये पुरुषको संङ्ख्या ४ हजार ७ सय ९ पुगेको छ भने महिलाको संङख्या ३ सय ५३ पुगेको छ । जसमध्ये केही नाबालाकहरु पनि रहेका छन् ।
वितेको २४ घन्टामा १६ जना डिस्जार्ज भएका छन् भने अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ । जसमध्ये ७ सय ८६ जना पुरुष हुन् भने ९१ जना महिला छन् ।
सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्दा १ लाख २१ हजार ८ सय ६२ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । आजका मितिसम्म १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार १ सय ६९ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ भने कोरोनाको कारण १६ जनाको निधन भैसकेको छ ।
*सच्चाइएको