
कर्णालीमा थप ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि
कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीकान्त तिवारीले थप ८३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि गरे ।
थपिएका नयाँ सङ्क्रमितहरुमध्ये सुर्खेत जिल्लाका मात्र ४५ जना रहेका छन् भने दैलेख जिल्लाका ३८ जना रहेका छन् ।
सुर्खेतमा भेटिएका ४५ जना सङ्क्रमितहरु सो जिल्लाका ५ पालिकाका बासिन्दा रहेको खुलेको छ ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ वर्ष ३६ वर्षिया पुरुषमा कोरोना सङ्क्रमण भेटिएको छ ।
सुर्खेतको लेकवेसी नगरपालिका १ नम्बरमा वडामा मात्रै १६ देखि ४५ वर्ष उमेर समूह २१ पुरुष र २० र ३३ वर्षीया २ महिला गरेर २३ जना छन् भने वडा नम्बर २ मा २१ देखि ५६ वर्ष उमेर समूहका ८ जना पुरुष रहेका छन् त्यस्तै वडा नम्बर ९ मा २४ वर्षका १ जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा नम्बर ५ मा २७ वर्षका १ जना पुरुष वडा नम्बर १० मा ३० देखि ५५ वर्ष उमेर समूहमा ३ जना पुरुष र वडा नम्बर ११ मा ३१ वर्षका १ जना पुरुष वडा नम्बर १२ मा २८ वर्षका १ जना पुरुषमा सङ्क्रमण देखिएको हो ।
सुर्खेतकै चिगाड गाउपालिका वडा नम्बरमा २ मा १७ देखि ३१ वर्ष उमेर समूहका ४ जना पुरुष र वडा नम्बर ३ मा २८ वर्षका १ जना पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।
त्यस्तै सुर्खेतकै सिम्ता गाउपालिका २ जना पुरुषमा पनि सङ्क्रमण देखिएको छ । वडा नम्बर २ का १७ वर्षियया पुरुष र वडा नम्बर ५ का ४३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
दैलेखमा भेटिएका ३८ जना सङ्क्रमितहरु ३ वटा पालिकाका बासिन्दा रहेको खुलेको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ८३ जनामा सङ्क्रमण देखिएको हो ।
नयाँ सङ्क्रमितसँगै कर्णालीमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ८ सय ४६ पुगेको छ । आज दैलेख अस्पतालबाट २२ जना निको भएर घर फर्केका छन् योसँगै कर्णालीमा निको हुनेको संङ्ख्या ८२ पुगेको छ भने कोरोनाको कारण ३ जनाको ज्यान गइसकेको छ ।