सरकारले लकडाउनलाई खुकुलो बनाएपछि उपत्यकाका अधिकांश पसलहरु खुला भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउँदै सबै पसलहरु खुला गर्न दिने निर्णय गरेको थियो ।
लकडाउन खुकुलो भएपनि हिजो उपत्यकाका पसलहरु खासै खुला थिएनन् ।
तर आज उपत्यकाका अधिकांश पसलहरु खुला भएका छन् । काठमाडौंको मुख्य बजार मानिने न्यूरोड क्षेत्रमा पनि अधिकांश पसलहरु खुलेका छन् ।
न्यूरोडमा रहेका लुगा पसल, भाडा पसल, किराना पसल लगायत अन्य पसल पनि खुलेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पसलमा सामान खरिद गर्न जाने ग्रहाकहरुको ज्वरो जाँच गरेर मात्र पसलमा पस्न दिने गरिएको छ ।
साथै पसलमा भीड कम गर्न सामाजिक दुरी कायम गरेर विक्री वितरण गरिएको व्यापारीहरु बताउँछन् । पसलमा आउने ग्राहकहरुलाई सेनिटाइजर लगाउन लगाएर मात्र पसलमा प्रवेश दिने गरिएको छ ।