
एजेन्सी । भारतको एमपीको रतलाममा झार फुक गर्ने एक बाबाको कोरोनाका कारण मृत्यु भएको छ । हातमा चुम्बन गरेर बिरामीको उपचार गर्ने ती बाबाका कारण २४ जनामा कोरोना संक्रमण फैलिएकोछ ।
उनको मृत्यु भएसँगै रतलाममा त्रासको वातावरण भएको छ । ती बाबाको ख्याति रतलाम शहरमा मात्रै नभई अन्य क्षेत्रमा रहेको थियो । ती बाबाका कारण कोरोना संक्रमण फैलिएपछि कन्ट्याक ट्रेसिङमा समेत समस्या भएको बताइएको छ । अन्धविश्वासका कारण मानिसहरु उनको उपचार गराउन जाने गरेको बताइएको छ ।
ती बाबाको असली नाम अनवर शाह रहेको छ । उनी १५ वर्षदेखि हातमा चुम्बन गर्दै बिरामीको उपचार गर्दै आइरहेका थिए । बिरामीलाई निको पार्ने भन्दै उनले मोटो रकम पनि असुली गर्दै आइरहेको बताइएको छ ।
ती बाबाको चार जुनमा कोरोना कारण मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै उनीसँग उपचार गराउन गएका मानिसहरुको खोजी कार्य भइरहेको बताइएको छ ।