
पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो केही दिनदेखि चर्चामा छ ।
छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्टमा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजालमा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन ।
सम्बन्ध बिग्रियो भन्नेहरूको लागि आफ्नो परिवारलाई उत्ति कै माया गर्छन भन्ने यो एउटा प्रमाण भएको छ ।
पारसले पत्नी हिमानी र छोरीहरु पुर्णिका र कृतिकाको टिकटक भिडियो शेयर गर्दै लेखेका छन् – ‘फ्यामिली’ र चेम्बर अफ माई ग्रेट’ ।
हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएको पाइन्छ ।
पूर्वयुवराज्ञी हिमानी छोराछोरीसहित अहिले थाइल्यान्डमा रहेको बताइउको छ । छोरी अध्ययनका लागि थाइल्यान्डमै रहेकी छन् । हिमानी अहिले छोरीसँगै थाइल्यान्डमा रहेका बेला उक्त भिडियो तयार पारेकी हुन् ।
छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानीको अहिले अर्को देशभक्तिपूर्ण टिकटक भिडियो भाइरल बन्दै गएको छ ।
उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ ।