
लकडाउन केहि खुकुलो भएपछि बलिउडकर्मीहरु बाहिर निस्कन सुरु गरेका छन् । उनीहरु पुरा सावधानीको साथमा हिडडुल गर्न सुरु गरेका छन् । उनीहरु आन्तरिक उडान मार्फत ओहोरदोहोर गर्न सुरु गरिसकेका छन् ।
आज मात्र आन्तरिक एयरपोर्टमा बलिउड तर्फ पाईला लम्काउदै गरेकी अभिनेत्री राकुल प्रित भेटिइन् । पत्रकारले उनको फोटो खिच्न खोजे, तर उनले सिधै इन्कार गरिन् ।
उनले एकदमै रिसाउँदै भनिन् , ‘क्या देखेगा यार’ । उनी एकदम साधारण कपडामा भएकोले पनि पत्रकारलाई फोटो खिच्न मनाहा गरेको कुरा बुझ्न सकिन्छ ।
भारतीय संचारमाध्यम पिंकभिल्लाले लेखेको छ ।
उनी कस्तो कपडामा थिइन्, हेरौं तस्विर
राकुल भन्छिन्–‘परिवारको समझदारीले विकिनी लगाउँदा अप्ठ्यारो भएन’
दक्षिण भारतीय चलचित्रमा जमिसकेकी नायिका राकुल प्रित बलिउडमा पनि जम्ने क्रममा छिन् । राकुलको सुन्दरता र अभिनयलाई रुचाउनेहरूको संख्या धेरै छ । चलचित्रको पर्दामा सफ्ट गेटअपदेखि हट गेटअपमा उनी रुचाइएकी छिन् ।
राकुल सानैदेखि खेलकुदमा बढी रुचि राख्थिन् । तर, खेलकुदमै अगाडि बढिरहेको समयमा उनी मोडलिङमा प्रवेश गरिन् । यसमा, उनको परिवारको ठूलो सहयोग छ ।
राकुल भन्छिन्–‘मेरी आमाको प्रेरणाको कारण म मिस इन्डियाका लागि पनि तयार भइसकेकी थिएँ । तर, पछि चलचित्रमा लागें।’
राकुलले अगाडि भनिन्–‘चलचित्रको पर्दामा मैले विकिनी लगाउने विषयमा मभन्दा मेरो आमा-बुबा बढी सहज हुनुहुन्छ । मेरो करिअर यो उचाइमा पुग्नुमा मेरो परिवारको साथ नै मुख्य कुरा हो ।’
राकुलका अनुसार, सपिङ जाँदा उनको आमा-बुबा नै उनका लागि विकिनी रोज्छन् । राकुल, एउटा कलाकारलाई खुलेर अभिनय गर्नका लागि परिवारको साथ ठूलो कुरा हुने बताउँछिन् ।
राकुल नायक जोन अब्राहिमसँग चलचित्र ‘एट्याक’मा देखिँदैछिन् ।
https://www.instagram.com/p/CBSTbRDJhsj/?utm_source=ig_embed