
काठमाडौं । अब सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय विहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछन् । कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुनेछन् । विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट खोलिने भएको छ । यातायात र भौतिक दूरी व्यवस्थापनको लागि यस्तो निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले खतिवडाले बताए ।
बैंक तथा वित्तीय संस्था, बीमा र सहकारी सेवा पूर्ण रुपमा खुला गरिएको छ । यी संस्थाहरु पनि दुई सिफ्टमा सञ्चालन हुनेछन् । कृषि र बनसँग सम्बन्धि सबै काम निर्वाद रुपमा हुने छ । निजी क्षेत्रबाट निर्माण भईरहेको सबै काम सुचारु गर्ने र निर्माण सामाग्री ढुवानी नियमित गरिने सूचना, प्रविधि तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
निजी क्षेत्रबाट सञ्चालिन निर्माण कार्यलाई सुचारु गरिने छ । रेष्टुरेन्ट सेवा खुकुलो बनाइएको छ । रेष्टुरेन्टमा तयार खाना प्याक गरेर घर वा कार्यस्थल लगेर खान पाइने छ । तर रेष्टुरेन्टमा बसेर खान नपाइने मन्त्री खतिवडाले जानकारी दिए ।
क्वारेन्टाइनका लागि तोकिएको होटल खुला गरिएको छ । ती होटलका सवारीहरु पनि चल्ने पाउने छन् ।
सवारी साधनहरु जोर विजोर प्र्रणालीका आधारमा चल्ने छ । कार्यालय जाने कर्मचारीको यातायातलाई सहज बनाउने जोर विजोर प्रणाली लागू भएको छ । सार्वजनिक सवारीमा एकतर्फी सिटमा एक÷एक जना मात्र यात्रा गर्न पाउने छ । मोटर साईकलमा एकजना मात्र, चार पाङ्ग्रे निजी सवारीमा २ जना मात्र यात्रा गर्न पाउने छन् । सबै यात्रुले माक्स अनिवार्य प्रयोग गर्नुपर्ने छ ।
यी सबै व्यवस्था असार १ गतेदेखि लागू हुने र २१ दिनसम्म लागू हुने सूचना, सञ्चार तथा प्रविधि मन्त्री खतिवडाले जानकारी दिए ।
शैक्षिक संस्थाहरु बन्द नै रहने छन् । अन्तराष्ट्रिय उडानहरु अनिश्चितका लागि बन्द गरिएको छ ।