
काठमाडौं, जेठ २९ : सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निजी सवारी साधान सञ्चालन गर्न उपत्यकाभित्र जोर विजोर लागू गर्ने भएको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यो जानकारी दिएका हुन्।
त्यस्तै, गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ। मोटरसाइकलमा भने चालक मात्र हुनुपर्ने निर्णय गरेको छ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ।
निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ।
निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो। तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।
सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ।