
प्युठान । लकडाउनका समयमा गाउँबासीकै सकृयतामा जिल्लामै पहिलो पटक सकारात्मक अभियान सुरु भएको छ । जिल्लाको टिकुरी गाउँका बासिन्दाहरुको मंगलबार भिडियो कन्फ्रेन्स मार्फत मिटिङ बसेकाे थियाे ।
जिल्लामा सङ्क्रमणकाे सङ्ख्या बढ्न थालेपछि गाउँका बासिन्दाकै पहलमा विभिन्न कामका सिलसिलामा जिल्ला भित्र तथा बाहिर रहेकाे अनुभवी व्यक्तित्वको सल्लाह अनुसार पहिलो प्राथमिकता क्वारेन्टिनमा बसेकाहरुकालाई मनोपरामश सम्बन्धि सचेतना दिने भन्ने निष्कर्ष अनुसार उक्त कार्यक्रम सुरुवात गरिएको हाे।
लामाे समयदेखि स्वस्थ्य क्षेत्रमा रहेर सेवा गर्दै आएका वरिष्ठ छातिराेग विशेषज्ञ डा.नवराज शर्मा पण्डितले पनि निरन्तर स्वस्थ्य सम्बन्धि जानकारी गराउदै आएका छन् ।
निशुल्क रुपमा मनाेपरामर्श उपलब्ध गराएपछि प्युठान नगरपालिका वडा नं ७ का वडाध्यक्ष नेत्र बहादुर केसीले सकारात्मक कामकाे सुरुवात भएकाे जानकारी गराएका छन् ।केसीका अनुसार यसरी क्वारेन्टिनमा बसेकाहरुलाई मानसिक तनाब कम गर्न तथा सकारात्मक साेचमा वृद्धि गराउन अहिलेकाे अवस्थामा एकदमै आवश्यकता रहेकाे भन्दै आवश्यकता अनुसार जिल्ला भरि नै यस्ता कार्यक्रम लैजानु पर्ने आवश्यक रहेकाे जनाएका छन् ।
यसरी परामर्शसेवा उपलब्ध गराईएको यो जिल्लाकै पहिलो कार्यक्रम भएको र यसले सकारात्मक साेचकाे थालनी गर्न सहयाेग हुने समेत वडाध्यक्ष केसीले बताए ।
प्युठान नगरपालिका वडा नं ७ मा क्वारेन्टिनमा बसेकाहरुमा तनाव न्युनिकरणका लागि मनो परामर्श दिईएको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले जानकारी गराए । प्रा०वि० टाकुराचौरमा रहेका २ महिला सहित सबै २८ जनालाई सहभागी गराई विहिवार पहिलो चरणमा २ घण्टा परामर्श सेवा उपलब्ध गराईएको सचिव बर्माले बताए ।
लामाे समय देखि यसै क्षेत्रमा सकृय रुपमा कामगर्दै आएकी मनोसामाजिक विज्ञ शान्ति पण्डितले उपलब्ध गराएको परामर्श सेवामा तनाव न्युनिकरणका बिधिहरु,आरामदायी अभ्यासहरु र आनिबानी परिवर्तनका बारेमा जानकारी गराइएकाे थियाे । यस्ता कार्यक्रमको उपलब्धि तत्काल तथा दीर्घकालसम्म रहने विज्ञ पण्डितले वताईन । पण्डित लामाे समयदेखि देशका विभिन्न जिल्लामा यस्ता खाले कार्यक्रम सञ्चालन गरेकाले पनि धेरै अनुभव रहेकाे यादब पण्डितले जानकारी गराएका छन् ।
देश विदेशमा रहनुभएका टिकुरी गाउँबासीको भिडियो मिटिङले सकारात्मक साेचकाे विकास भएकाे र जिल्ला बाहिर रहेका हरुले पनि यसरी कुरा गर्न पाउँदा अभिभावक पाएकाे महसुस भएकाे जागिरका क्रममा आेखलडुङ्गामा रहेका हरि रिजालले जानकारी गराएका छन ।