
काठमाडौं, २९ जेठ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिरसभित्र प्रवेशमा सञ्चारकर्मीहरूलाई रोक लगाएको छ ।
आज कुवेतबाट फर्कंदै गरेका ३ सय नेपाली नागरिकको समाचार संकलन र तस्बीर छायांकनका लागि पुगेका दर्जन बढी सञ्चार माध्यमका सञ्चारकर्मीलाई प्रहरीले प्रवेशमा रोक लगाएको हो ।
‘माथिको आदेश’ भन्दै प्रहरीले विमानस्थल प्रवेश गर्ने ‘गोल्डेन गेट’ भनिने मुख्य प्रवेशद्वारमा नै सञ्चारकर्मीहरुलाई रोकेर राखेको छ ।
समाचार संकलन गर्न पाउनुपर्ने र तस्बीर खिच्न पाउनुपर्ने अडानका साथ सञ्चारकर्मीहरु मुख्यद्वाररमा नै रहेको नयाँपत्रिका कर्मी अमुल थापाले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
प्रहरीले भने ‘पत्रकारहरुलाई गोल्डेन गेटमा नै रोक्नू, भित्र प्रवेश गर्न नदिनू भन्ने’ आदेश आएको जानकारी रोकिएको सञ्चारकर्मीलाई दिएको छ ।