
अहिले विश्वनै कोरोनाको चपेटामा परेको छ । यसबाट नेपालमात्र हैन विश्वका १ सय ३० ओटा देशहरुमा लकडाउन गरिएको छ । केहिमा बिस्तारै खोल्न शुरु गरिएको छ भने केहि झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । कोरोनाका कारण फिल्म उधोग पनि अछुतो रहन सकेन ।
अहिले कोरोनाले भारत पनि आक्रान्त बनेको छ । धेरै चलचित्रहरु प्रदशन हुन पाएका छैन्न भने सुटिङ् नै रोकिएका छन् । त्यो भन्दा पनि बलिउडले यो लकडाउनको अवधीमा धेरै कलाकारहरु गुमायो । ३४ दिनको अवधिमा ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद लगायतका कलाकारको निधन भइसकेको छ ।
अहिले फेरि बलिउड र टेलिभिजनका चर्चित कलाकार जगेज मुकातीको असमायिक निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो । उनले गुजराती थिएटरबाट आफ्नो केरियरको सुरुवात गरेका थिए । टेलिभिजन सो अमिताका अमित र श्रीगणेशा जस्ता सिरियलमा काम गरेपछि उनको चर्चा चुलिएको थियो । उनले आमिर खानका साथमा “मन” र आयुष्मान खुराना सँग “हासो तो फसो” जस्ता फिल्ममा काम गरिसकेका छन् ।
बलिउडमा उनलाई श्रद्धाञ्जली दिनेहरु धेरै छन् । धेरैले उनले छिटै संसार छाडेको भनेर दुख व्यक्त्त गरिरहेका छन् ।
https://www.instagram.com/p/CBQ1BXWDUa1/?utm_source=ig_embed